समातिए सानुभाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १८:१६

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लगायतलाई धम्की दिएको आरोपमा ‘सानुभाई’ नामले चिनिने साजन विष्ट पक्राउ परेका छन् ।

बझाङको थलरा गाउँपालिका–४ मयल घर भएका २० वर्षीय विष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली, लेखक र पूर्वउर्जा मन्त्री दीपक खड्कालाई तुरुन्त रिहा गर्न माग गर्दै माग पूरा नभए प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका थिए ।

Advertisement

साथै, अत्याधुनिक हतियार ‘एके–४७’ समेत काठमाडौं भित्रिएको दाबी उनले गरेका थिए । प्रहरीका अनुसार विष्ट भारतको बैंग्लोरमा विगत पाँच वर्षदेखि फेन्सी स्टोरमा काम गर्दै आएका थिए ।

त्यहीँ रहँदा विभिन्न विवादमा पनि मुछिएको देखिएको छ । उनलाई साइबर कसुरअन्तर्गत थप अनुसन्धानका लागि साइबर ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.