वृद्धालाई जबरजस्ती करणी आरोपित युवक पुर्पक्षका लागि कारागार चलान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १९:३०

ताप्लेजुङ । ताप्लेजुङमा शारीरिक रूपमा कमजोर र अशक्त ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत ताप्लेजुङले २९ वर्षीय विनोद सार्कीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि कारागार पठाउन आदेश दिएको हो । जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको अदालतले जनाएको छ।

Advertisement

सार्कीले वृद्धालाई डर, त्रास र धम्की देखाएर जबरजस्ती करणी गरेको अभियोग लागेको छ। इलाका प्रहरी कार्यालय तेल्लोकले उनलाई गत वैशाख १ गते पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार प्रहरीले आवश्यक अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको थुनछेक आदेशपछि उनलाई कारागार पठाइएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.