मोरङमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख ८, मंगलबार ०७:११

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले गोली चलाएर एक जना युवालाई नियन्त्रणमा लिएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गर्नु परेको हो ।

रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब ८ः२० बजेतिर गोली चलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार गोली हानेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार युवकलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल लिएर चालक भाग्ने प्रयास गरेपछि इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाइ फायर गरेको एसपी कटवालले बताए ।

हवाई फायर गरेर प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन् ।

उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम (प्लास्टिकबाहेक ४४७ ग्राम ८५० मिलिग्राम) ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मियाँलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए । उनका अनुसार भारतबाट लागुऔषध नेपाल भित्राउँदै गरेका मियाँलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो ।

मियाँ लामो समयदेखि लागुऔषधको धन्दामा संलग्न रहेको प्रहरीको भनाइ छ । मोरङमा पछिल्लो समय सीमा नाकाबाट लागुऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन् । प्रहरीको सक्रियतासँगै यस्ता घटनामा संलग्न व्यक्तिहरू धमाधम पक्राउ परिरहेका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.