
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा हार बेहोरेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।
आइतबार बसेको सचिवालय बैठकले चुनाव हारेका क्षेत्रको जिम्मेवारी समानुपातिक सांसदलाई दिने निर्णय गरेको थियो । त्यसलाई सोमबारको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार, प्रत्यक्षतर्फ जित हासिल गर्न नसकिएका क्षेत्रमा संगठन मजबुत बनाउन र जनतासँग सम्बन्ध विस्तार गर्न सांसदहरू खटाइएको हो । यस व्यवस्थाअनुसार अब समानुपातिक सांसदहरूले तोकिएका क्षेत्रमा पार्टी गतिविधि सञ्चालन, जनसम्पर्क वृद्धि र आगामी निर्वाचनको तयारीका लागि सक्रिय भूमिका निर्वाह गर्नेछन् ।





















