रवि लामिछानेविरुद्ध रिट दर्ता अस्वीकार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १९:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।

निवेदक आयुष बडालले दायर गरेको उक्त निवेदनलाई अदालत प्रशासनले प्रारम्भिक चरणमै दरपीठ गर्दै दर्ता नगर्ने निर्णय गरेको हो । अदालतका अनुसार निवेदनमा आवश्यक कानुनी तथा प्रक्रियागत आधार पूरा नभएकाले दर्ता गर्न नमिल्ने अवस्था देखिएको हो ।

Advertisement

दरपीठ आदेश जारी भएसँगै रिट औपचारिक रूपमा अघि बढ्न पाएन । यद्यपि, कानुनी प्रक्रियाअनुसार निवेदकसँग दरपीठ आदेशविरुद्ध पुनः अदालतमा चुनौती दिने अधिकार भने सुरक्षित छ । उनले उक्त आदेश बदर गराउन सर्वोच्च अदालतमै अर्को निवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.