विद्यार्थी संगठन खारेजीको निर्णयप्रति आपत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार ०६:१५

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

उनले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्यमान्यता विपरीत र अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरेका छन् । खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको स्मरण गराउँदै पञ्चायती व्यवस्थादेखि जनआन्दोलनसम्मका हरेक परिवर्तनमा विद्यार्थीको योगदान निर्णायक रहेको बताएका छन् ।

Advertisement

उनका अनुसार २०३६–०३७ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२–०६३ को आन्दोलनले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आधार तयार पारेका थिए । उनले विद्यार्थी संगठनलाई राजनीतिक निकाय नभई शैक्षिक क्षेत्रका विकृति र विसंगतिविरुद्ध आवाज उठाउने सशक्त माध्यमका रूपमा चित्रित गरेका छन् ।

लोकतान्त्रिक अधिकारकै उपयोगबाट नयाँ पुस्ताको नेतृत्व उदाएको उल्लेख गर्दै उनले अहिलेको निर्णयलाई विरोधाभासपूर्ण भनेका छन् । खड्काले सरकारलाई निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनी उनले दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.