१४ व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १२:१९

एजेन्सी । अमेरिकाले इरानमाथि आर्थिक दबाव बढाउने उद्देश्यसहित इरान, टर्की र संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका १४ व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार ती व्यक्ति तथा संस्थाहरू इरान सरकारका लागि हतियार तथा हतियारका पार्टपुर्जा खरिद गर्ने र आपूर्ति गर्ने सञ्जालमा संलग्न रहेका छन् । अमेरिकाले सार्वजनिक गरेको विवरणअनुसार उक्त सञ्जालले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न माध्यम प्रयोग गरेर संवेदनशील सैन्य सामग्री जुटाउने प्रयास गरिरहेको थियो ।

Advertisement

यस कदमलाई इरानको सैन्य क्षमतामा नियन्त्रण गर्ने रणनीतिक प्रयासका रूपमा हेरिएको छ । प्रतिबन्धअन्तर्गत सूचीमा परेका व्यक्ति र कम्पनीहरूको अमेरिकाभित्र रहेको सम्पत्ति रोक्का गरिनेछ भने अमेरिकी नागरिक वा संस्थासँग उनीहरूले कुनै पनि आर्थिक कारोबार गर्न नपाइने व्यवस्था गरिएको छ ।

यसले उनीहरूको अन्तर्राष्ट्रिय आर्थिक पहुँचमा समेत असर पर्ने देखिन्छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित युद्धविराम अवधि थप गर्ने घोषणा गर्नुअघि आएको हो ।

पछिल्लो निर्णयमार्फत अमेरिकाले इरानी शासनमाथि आर्थिक तथा कूटनीतिक दबावलाई निरन्तरता दिने संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.