अमेरिका र इरानबीच को वार्ता अन्योलमा, नाकाबन्दी मुख्य बाधक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १४:०१

वाशिङटन डीसी । पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच इस्लामावादमा हुने भनिएको सम्भावित वार्ता अझै अनिश्चित बनेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले मंगलबार अमेरिकी प्रशासनसँग सम्पर्क गरी युद्धविराम थप गर्न आग्रह गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम लम्ब्याउने घोषणा त गरे, तर औपचारिक वार्ताको वातावरण अझै तयार हुन सकेको छैन।

वार्तामा सबैभन्दा ठुलो अवरोधको रूपमा स्टेट अफ होर्मुज र इरानी बन्दरगाहमाथि अमेरिकाले लगाएको नाकाबन्दी देखिएको छ। यसका साथै लेबनानमा भइरहेको युद्धविराम उल्लङ्घन र युरेनियम संवर्द्धनसम्बन्धी पुराना विवादहरूले पनि दुई देशबिचको दूरी बढाएका छन्। पाकिस्तानले विगत एक हप्तादेखि अमेरिकी वार्ता टोलीलाई स्वागत गर्ने तयारी गरिरहेको भए पनि इरानको तर्फबाट सहभागिताबारे अझै कुनै स्पष्ट सङ्केत आएको छैन।

Advertisement

विश्लेषकहरूका अनुसार अमेरिकाले नाकाबन्दी खुकुलो नबनाएसम्म इरानी टोली वार्ताको टेबलमा बस्ने सम्भावना न्यून छ। यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सको तय भएको पाकिस्तान भ्रमण समेत स्थगित गरिएको छ। इरानी उच्च अधिकारीहरूले हालको अवस्थामा वार्ता गर्नुलाई ‘तर्कहीन’ बताइरहेका छन्, जसले गर्दा कूटनीतिक प्रयासहरू थप जटिल बनेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.