एकताबद्ध हुन ओलीको आह्वान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार १७:१३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले ओलीले एकताबद्ध हुन आह्वान गरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनले ७७ वर्ष पूरा भएको अवसरमा ओलीले उक्त आह्वान गरेका हुन् । अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसकेका ओलीको सन्देश पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाएका थिए ।

Advertisement

सन्देशमा ओलीले एमालेले निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अहिलेको चुनौती पार गर्न पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन् । ‘नेकपा एमाले अनेकौं प्रतिकूलता पार गर्दै यहाँसम्म आइपुगेको हो । अब पनि एक भएर चुनौती सामना गर्नुपर्छ,’ सन्देशमा उल्लेख छ ।

यस्तै, कार्यक्रममा बोल्दै नेता विष्णु पौडेलले पछिल्लो चुनावमा पार्टीले भोगेको पराजयलाई ‘ठूलो धक्का’को रूपमा स्वीकार गरे । उनले यो सामान्य नभई गम्भीर समीक्षा गर्नुपर्ने विषय भएको बताए । ‘धक्काबाट शिक्षा लिएर अघि बढ्नुपर्छ,’ उनले भने ।

पौडेलले २०७२ देखि २०८२ सम्मको अवधिमा प्राप्त अवसरहरूलाई पूर्ण रूपमा उपयोग गर्न नसकिएको स्वीकार गर्दै अब आन्तरिक र बाह्य कारणहरूको समीक्षा गर्नुपर्नेमा जोड दिए । उनले जनताबाट आएको आलोचनालाई गम्भीरतापूर्वक लिनुपर्ने पनि बताए ।

अब पार्टीले आचरण र कार्यनीतिमा परिवर्तन नगरी अघि बढ्न नसक्ने उनको भनाइ छ । पौडेलले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै एकता कायम राख्दै रूपान्तरणको बाटो समात्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
चन्द्रगढी महिला गोल्डकप: १० खेलाडीमा सीमित पुलिस सेमिफाइनलमा
शून्य बाँकी फाइल सप्ताह: फर्छ्योट हुन नसकेका फाइलको विवरण बुझाउन सरकारको आह्वान
मिथ्या सूचना र भ्रम फैलाउनेमाथि कारबाही गर्ने मन्त्रालयको चेतावनी
रुस-युक्रेन युद्धको भुमरीमा नेपाली: ११८ को मृत्यु, सयौँ बेपत्ता र घाइते
सहकारीको बचत फिर्ताका लागि महान्यायाधिवक्ता र सीआईबीसँग छलफल
सम्पत्ति छानबिन आयोगले थाल्यो काम
संसद बैठक वैशाख १७ गतेका लागि आह्वान
मोरङ पथरीशनिश्चरेका रमेश खोलाको डिलमा मृत फेला
मोरङको बुढीगंगामा सीटी सफारीको ठक्करबाट साइकल यात्री वृद्धको मृत्यु
गगन थापाको रणनीतिक सन्देश : कांग्रेसमा युवा आकर्षणदेखि मत फिर्तासम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.