सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १८:५०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू दर्ता नभएका कारण आपराधिक घाटनाको अनुसन्धानमा गम्भीर चुनौती देखिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अनुसन्धानमा प्रहरीले भागिरहेको समस्या कार्कीले सार्वजनिक गरेका हुन् । कार्कीका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका विदेशी सामाजिक सञ्जालहरू नेपालमा औपचारिक रूपमा दर्ता नभएकाले आवश्यक सूचनाहरू समयमा प्राप्त गर्न कठिन भइरहेको छ । यसले विशेष गरी आपत्तिजनक सामग्री हटाउने तथा घटनाको छानबिन अघि बढाउने प्रक्रियामा ढिलाइ भइरहेको उनले स्पष्ट पारे ।

Advertisement

उनले हाल प्रहरी अधिकारीहरूले व्यक्तिगत सम्पर्क र समन्वयका आधारमा सामाजिक सञ्जाल कम्पनीहरूसँग आवश्यक डाटा माग्ने गरेको बताए । तर, यस्तो अभ्यास दीर्घकालीन समाधान नभएको उनको भनाइ थियो । ‘कानुनी स्पष्टता नहुँदा क्षति नियन्त्रणमा ढिलाइ भइरहेको छ,’ उनले भने ।

महानिरीक्षक कार्कीले छिट्टै सार्वजनिक हुने प्रहरीको तीनवर्षे रणनीतिक योजनामा साइबर अपराध, विशेष गरी साइबर बुलिङ नियन्त्रणका लागि स्पष्ट नीति समावेश गरिने जानकारी दिए । पीडितको गोपनीयता संरक्षणलाई ध्यानमा राख्दै यस्ता घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखिने उनले बताए ।

यसअघि साइबरसम्बन्धी अनुसन्धान मुख्यतः काठमाडौंमै सीमित रहेकोमा अहिले देशका अन्य क्षेत्रबाट पनि अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनले प्रहरीको साइबर ब्युरोमा उजुरीको संख्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गरे । गत वर्ष १८ हजार ९२६ उजुरी दर्ता भएकोमा चालु आर्थिक वर्षको नौ महिनामै करिब १५ हजार उजुरी परिसकेको उनले बताए ।

बैठकमा सहभागी समिति सदस्यहरूले साइबर सुरक्षालाई प्रभावकारी बनाउन सामाजिक सञ्जाल नियमनसम्बन्धी स्पष्ट कानुनी संरचना आवश्यक रहेकोमा जोड दिएका थिए ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.