इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १०, बिहीबार १९:०८

काठमाडौं । व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार उनलाई काठमाडौंको नक्सालस्थित नारायणचौर क्षेत्रबाट पक्राउ गरेको हो । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप अनुसन्धानका लागि सिफारिस गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

सोही आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति समेत प्राप्त भएपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धान अनुसार गोल्छा हिमालयन रिइन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष रहेको समयमा कम्पनीको सेयर कारोबारसँग सम्बन्धित संवेदनशील सूचनाको दुरुपयोग गरी अनियमित लाभ लिएको आशंका गरिएको छ ।

यसै प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र कारोबारमा पनि उनको संलग्नता देखिएको दाबी अनुसन्धान निकायले गरेको छ । उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्तित्वसमेत रहेका गोल्छाको पक्राउपछि निजी क्षेत्र र व्यवसायिक सर्कलमा व्यापक चासो बढेको छ ।

अनुसन्धान प्रक्रिया जारी रहेको र थप विवरणहरू अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भूमि प्रशासन सेवालाई जनताको नजिक पुर्‍याउने तयारी
इन्साइडर ट्रेडिङ प्रकरणमा शेखर गोल्छा पक्राउ
सगरमाथाबाट मात्रै ८९ करोडभन्दा बढी रोयल्टी संकलन
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा कठिनाइ
संसद बैठक स्थगित
पत्रकार महासंघ मोरङको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
महान्यायाधिवक्ताको योग्यता सम्बन्धी विवाद: सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रवि लामिछानेविरुद्धको रिटमा आज हुने भनिएको सुनुवाइ स्थगित
कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी भोजपुर प्रस्थान
मन्त्रिपरिषद्का निर्णय: प्रहरी प्रतिष्ठानको जग्गा फिर्तादेखि वैदेशिक सहायता वार्ता टोलीसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.