सुनसरीमा तस्करीकाे सामान बरामद, चालक भागे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ११, शुक्रबार १३:०४

विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज बाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान र दुईवटा मोटरसाइकल बरामद गरेको छ । भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको करिब ९ लाख ३० हजार रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । शुक्रबार  बिहान करिब ४  बजेको समयमा देवानगंज गाउँपालिका वडा नं. १ स्थित मध्यहर्षाहीमा जाँच गर्ने क्रममा तस्करहरू सामान छोडेर फरार भएका थिए ।

Advertisement

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा १२० सेट डबल बेडको तन्ना, १०० थान वाईफाई राउटर र चार्जर, ३०० पिस नक्कली गहना र ४ बोरा सुर्ती रहेका छन्।  बरामद गरिएका यी सामानहरूको बजार मूल्य करिब ७ लाख ३० हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।

तस्करहरूले उक्त सामान ओसारपसार गर्न प्रयोग गरेका को १३ प ७१३४ र बिआर ३९y ०३२२ नम्बरका दुईवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ कायम गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.