
विराटनगर । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार २ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ८३ रुपैयाँ तोकिएको छ ।



















