बागी उम्मेदवार र स्पष्टीकरणबारे छलफल गर्न कांग्रेस अनुशासन समितिको बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १५:३१

काठमाडौं। नेपाली कांग्रेसले पार्टीभित्रको अनुशासन र चुनावी अन्तर्घातका विषयमा छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ।

समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक भोलि वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका, बागीका प्रस्तावक र समर्थक बनेका सदस्यहरूका विरुद्ध परेको उजुरीबारे बैठकमा मुख्य रूपमा छलफल हुने बताइएको छ।

Advertisement

त्यस्तै बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा पनि समीक्षा हुने सचिव थापा मगरले जानकारी दिएका छन्। निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गर्नेहरूमाथि छानबिन गरी कारबाही अघि बढाउन समितिले यो बैठक आह्वान गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.