झापामा लागुऔषधविरुद्ध प्रहरीको ‘स्वीप अपरेशन’, चार दिनमा १५१ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार २०:४३

विराटनगर । लागुऔषध दुर्व्यसन र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ अन्तर्गत पछिल्लो चार दिनमा १५१ जनालाई नियन्त्रणमा लिएको छ ।

अभियानको चौथो दिन आइतबार प्रहरीले विभिन्न स्थानबाट १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको साथबाट ८ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र ६ पिस नाइट्रोजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

वैशाख १२ गते १६ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये ५ जनाको साथबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र ३२ पिस नाइट्रोजेपाम बरामद भएको थियो । वैशाख ११ गते अभियानकै क्रममा ६३ जनालाई नियन्त्रणमा लिएको थियो । सो दिन १६ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, ११७ पिस ट्रामाडोल र १०५ पिस डिकोलिक ट्याब्लेट बरामद गरिएको थियो ।

वैशाख १० गते ६२ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथबाट २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र ९ हजार रुपैयाँ नगद बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार समाजमा बढ्दै गएको लागुऔषधको जालो तोड्न र युवा पुस्तालाई दुर्व्यसनबाट बचाउन यो अपरेशन सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.