सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ७.७३ अङ्कले बढेको छ। यस वृद्धिसँगै नेप्से परिसूचक २७९६ अङ्कमा पुगेर कायम भएको छ। यसअघि शुक्रबार नेप्से १.५ अङ्कले बढेको थियो।

बजार बढे पनि कारोबार रकममा भने केही गिरावट आएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोड रुपैयाँमा खुम्चिएको छ। आज कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

Advertisement

समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले बढ्यो। त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले बढेका छन्। अर्कातर्फ हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार समूह १.३९ प्रतिशतले घटे।

आज चारवटा कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। जसमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, शिखर पावर र सिटी होटल रहेका छन्। त्यस्तै झापा इनर्जीको ९.४४ र ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ६.८६ प्रतिशतले बढेको छ।

तपाइको प्रतिक्रिया
‘पूर्वविशिष्टको विदेशमा उपचार खर्च राज्यले बेहोर्ने कार्यविधि खारेज’
अर्थतन्त्र सुधार्न सरकारको ‘रोडम्याप’ : ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (हेर्नुहाेस् स्थितिपत्र)
सरकारी खर्चमा कडाइ : होटल र रिसोर्टमा कार्यक्रम गर्न रोक
सुकुम्वासी बस्ती हटाउने निर्णयमा कारण देखाउ आदेश
राष्ट्रियसभा दलको नेता हटाउने तयारीमा कांग्रेस
निर्माण क्षेत्रमा देखिएको संकट तत्काल समाधान गर
आदिकवि भानुभक्तको जन्मथलोमा ‘भानु साहित्य उद्यान’ को शिलान्यास
धर्ना बसेकी पाठकमाथि हातपात, ७ जना पक्राउ
कोशीका निर्माण व्यवसायीले गुहारे प्रदेश सरकार
सेयर बजारमा ७.७३ अङ्कको सुधार, नेप्से २७९६ विन्दुमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.