
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन गर्ने तयारी गरेको छ । राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला दलको नेता छन् । उनलाई हटाएर अर्को नेता चयनको तयारी भएको हो ।
नेपाली कांग्रेसको विधानले ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । सोही अनुसार दलको नेता परिवर्तन गर्ने तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।
सोमबारमात्रै प्रतिनिधिसभामा कांग्रेस दलको नेता भीष्मराज आङ्देम्बे चयन भका छन् । अब उनैले राष्ट्रिय सभा दलको नेता चयन गर्नेछन् ।

























