ओपेक छोड्ने युएईको निर्णय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार ०६:४५

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) तथा यसको साझेदार समूहबाट बाहिरिने घोषणा गरेको छ । जसलाई विश्व ऊर्जा राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

मंगलबारदेखि लागू भएको यो निर्णय यूएईको दीर्घकालीन आर्थिक रणनीति र परिवर्तनशील ऊर्जा नीतिसँग जोडिएको बताइएको छ । यूएईका ऊर्जा मन्त्रीले दशकौँदेखि जारी सहकार्यप्रति आभार व्यक्त गर्दै अब देशले आफ्नै रणनीतिक मार्ग रोज्ने स्पष्ट पारेका छन् ।

Advertisement

विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’मा उत्पन्न अवरोधले तेल आपूर्ति अस्थिर बनेपछि यस्तो कदम आवश्यक भएको जनाइएको छ । इरानसँगको द्वन्द्व र अमेरिकी तथा इजरायली गतिविधिका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको छ, जसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको छ ।

यो निर्णयले ओपेकको मूल्य नियन्त्रण क्षमतामा असर पार्ने विश्लेषण गरिएको छ । सन् २०१९ मा कतार बाहिरिएपछि खाडी क्षेत्रबाट ओपेक छोड्ने यूएई दोस्रो राष्ट्र बनेको हो ।

अब ओपेकमा ११ सदस्य राष्ट्र मात्र रहनेछन् । विश्लेषकहरूका अनुसार यूएईको यो कदमले विश्व तेल बजारमा नयाँ शक्ति सन्तुलनको संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.