
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले विपक्षी दलहरूको संसदीय दलको बैठक बाेलाएकाे छ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ ।
आह्वान भएकाे संसद अधिवेशन राेकेर सरकारले मंगलबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएकाे थियाे ।

























