सुन र चाँदीको मूल्यमा गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १०:४५

काठमाडौं। नेपाली बजारमा आज (बुधबार ) सुन र चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ तोकिएको छ।

Advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १४ रुपैयाँ तय गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.