राष्ट्रियसभाको नेताबाट हटाइए सिटौला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १४:२५

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा संसदीय दलको नेतृत्व परिवर्तन गरेको छ ।

पार्टीले कृष्ण सिटौलालाई दलको नेताबाट हटाउँदै कमलादेवी पन्तलाई मनोनीत गरेको हो । प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई उक्त जिम्मेवारी दिएका हुन् ।

Advertisement

गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित पन्त हाल ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’की सभापति पनि हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेकी पन्त पद्मकन्या क्याम्पससँग जोडिएकी थिइन् ।

कांग्रेसले दलको आन्तरिक सन्तुलन र प्रभावकारिता बढाउने उद्देश्यले नेतृत्व परिवर्तन गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.