बालेन सरकार निरंकुशताकाे बाटाेमा हिँड्यो : प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार ०९:३५

काठमाडाैं । बालेन शाह नेतृत्वको वर्तमान सरकार निरंकुशताको बाटोमा अघि बढेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी सङ्गठन खारेजी गर्न लागेको भन्दै यस्तो बताएका हुन् । उनले बाेलाइसकेकाे संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु गलत भएकाे बताए ।

Advertisement

‘सदनलाई छलेर अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन रोक्ने विधि लोकतन्त्रको विरुद्धमा छ,’ उनले भने, ‘यो संसदीय परम्पराको समेत विरुद्धमा छ । त्यसो नगर्न हामीले सरकारलाई सावधान गराएका छौँ । यस्तो अलोकतान्त्रिक विधि अपनाउनु संविधान विपरीत हो ।’

प्रचण्डले सुकुम्वासीहरूको वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर डोजर चलाउनु गलत भएकाे बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.