सुनचाँदीको मूल्यमा लगातार गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार १०:५०

विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आइरहेको छ । केही दिनयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलाको १ हजार ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ९४ हजार ५ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ८ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय १५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.