
काठमाडाैं । बिहीबार पनि सेयर बजार परिसूचक नेप्से घटेकाे छ । ५.७३ अंकले घटेर नेप्से परिसूचक २७३८ अंकमा झरेको हाे ।
बुधबार २५ र मंगलबार पनि २६ अंकले बजार घटेको थियो ।
बिहीबार ४ अर्ब ९१ करोडको काराेबार भयाे । ९८ कम्पनीको मूल्य बढ्दा १६१ को मूल्य घट्यो, १० वटा कम्पनीकाे मूल्य स्थिर रह्यो ।



















