वडाध्यक्षद्वारा पार्टी परित्याग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०८:३६

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । पार्टी परित्यागसँगै उनले आफ्नो नयाँ राजनीतिक यात्राको संकेत गरेका छन्।

निकट स्रोतका अनुसार राई अब श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा छन् । यद्यपि, उनले कांग्रेस छोड्नुको स्पष्ट कारण सार्वजनिक गरेका छैनन् ।

राईको यो निर्णयसँगै खोटाङको स्थानीय राजनीतिमा नयाँ तरंग देखिएको छ । कांग्रेसभित्रको स्थानीय संगठन र शक्ति सन्तुलनमा यसले असर पार्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.