सत्तारुढ रास्वपाको सचिवालय बैठक बस्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार ०९:३२

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको छ । समसामयिक राजनीतिक तथा पार्टीको संगठनात्मक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्नेछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आयोजना गरिएको हो ।

बैठकमा स्थानीय तहका उम्मेदवार छनोटसम्बन्धी ‘रूपरेखा–२०८३’ माथि विस्तृत छलफल हुने बताइएको छ । त्यस्तै, आगामी महाधिवेशनलाई व्यवस्थित बनाउन तयार पारिएको ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि प्रमुख एजेन्डा रहनेछ ।

यसैगरी संसदीय दलको विधान संशोधनसम्बन्धी विषयमा समेत बैठकले आवश्यक निर्णय र सुझावहरू तयार गर्ने अपेक्षा गरिएको छ । पार्टी संगठनलाई थप प्रभावकारी र संरचनागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित छलफल केन्द्रित हुने रास्वपाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.