सुनको मूल्यमा सामान्य गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १०:५०

विराटनगर । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार बजार खुलेको पहिलो दिन  सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम शुक्रबार दुई लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य दुई लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै,  चाँदी शुक्रबार चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । चाँदी आज पाँच हजार १० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.