फिलिपिन्समा शक्तिशाली भूकम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १५:०१

एजेन्सी । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्प गएपछि स्थानीयमा त्रास फैलिएको छ ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ । भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा केन्द्रित रहेको जनाइएको छ ।

Advertisement

युएसजीएसको विवरणअनुसार भूकम्पको गहिराइ करिब ७३.३ किलोमिटर रहेको थियो । भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू घर र भवनबाट बाहिर निस्किएर सुरक्षित स्थानमा पुगेका थिए ।

केही समयसम्म क्षेत्रभरि डर र अफरातफरीको अवस्था देखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, भूकम्पको केन्द्र गहिराइमा रहेको कारण ठूलो क्षति वा विनाश हुनबाट जोगिएको प्रारम्भिक अनुमान गरिएको छ ।

हालसम्म मानवीय क्षति वा ठूलो संरचनागत नोक्सानीको विवरण प्राप्त भएको छैन । फिलिपिन्स प्रशान्त ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले बारम्बार भूकम्प जाने गर्दछ ।

यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पका कारण जनजीवन प्रभावित हुँदै आएको छ । स्थानीय प्रशासनले सम्भावित पराकम्पनप्रति सतर्क रहन आग्रह गरेको छ । उद्धार तथा आपतकालीन निकायहरूलाई तयारी अवस्थामा राखिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश बजेट विवाद: सत्तारुढ सांसदकै चर्को असन्तुष्टि र हस्ताक्षर अभियान
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
विराटनगरमा ‘जलवायु सिकाइ’ गोष्ठी सम्पन्न
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
आर्थिक समृद्धि र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष  वैद्य
कम्युनिस्ट आन्दोलन सकिएको छैन, नयाँ पुस्ताको आकांक्षा बुझ्नु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
एमाले अध्यक्ष ओली भन्छन् : ‘धुलो टक्टक्याउँदै फेरि उठेर्छौं’
परिस्थिति अनुसार विचार बदल्न नसक्नेहरू कहिँ पुग्दैनन् : प्रचण्ड
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
कांग्रेस मिलाउन महानगर सभापतिहरूको ‘मिसन’: डा. कोइरालासँग भेट 
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
विश्वकप २०२६ः राउन्ड अफ ३२ को समीकरण पूरा, कुन टोलीको भिडन्त कोसँग ?
थुम्लुङमा पुल निर्माण हुँदै 
थुम्लुङमा पुल निर्माण हुँदै 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.