मोरङमा किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १५:१६

विराटनगर । मोरङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका–२ का १९ वर्षीय प्रिन्स खाँ थारुलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । थारुले बेलबारी नगरपालिका–५ घर भएकी १७ वर्षीया किशोरीलाई ग्रामथान–६ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप छ ।

Advertisement

उनीविरुद्ध किशोरीका आफन्तले आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार पक्राउ परेका थारुले आइतबार दिउँसो ३ बजेतिर किशोरीलाई बलात्कार गरेको भनेर जाहेरी परेको थियो । थारुविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दाहालले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.