बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार ०९:१७
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका एकलाई प्रहरीले ताप्लेजुङको फुङलिङ बजारबाट पक्राउ गरेको छ ।

चार वटा बैंकिङ कसुरमा दोषी ठहर भई फरार भएका फुङलिङ नगरपालिका– ११ का ३६ वर्षीय दीपक विष्टलाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

Advertisement

विष्टबाट ४ वटा बैंकिङ कसुरमा ६ दिन कैद र ६ लाख रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

अदालतले दोषी ठहर गरिसकेका उनी फरार रहेकोमा प्रहरीले फुङलिङ नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.