स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २२, मंगलबार १०:११

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूराेले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेकाे छ । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो ।

उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । स्मार्ट टेलिकम २०८० वैशाख ३ गते अनुमति पत्र स्वत:रद्द भएको थियो ।
उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.