
काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २८ गते लागि संघीय संसद्को दुवै सदनको बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
यसअघि संघीय संसदको आह्वान भइसकेको अधिवेशन रोकेर सरकारले ८ वटा अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले ८ वटै अध्यादेश जारी गरिसकेका छन् ।



















