
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । ३३ उम्मेदवारमध्ये बढी मत प्राप्त गर्ने १७ जनालाई निर्वाचित भएको घोषणा गरिएको हो ।
निर्वाचित हुनेमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगावानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयश प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, शिवराज रेग्मी, ईश्वरबहादुर जस्सी, सुरज उप्रेती र बबु लामिछाने रहेका छन् ।
महासंघको एशोसिएट्स समूहमा १८ सयभन्दा बढी सदस्य रहेका छन् । यो समूहमा बैंक, वित्तीय संस्था, उद्योग तथा ठूला व्यवसायिक संस्थाहरूको प्रतिनिधित्व रहने भएकाले यसको नेतृत्वलाई निजी क्षेत्रको नीति निर्माणमा महत्वपूर्ण मानिन्छ ।
निर्वाचित सदस्यहरूले अब आगामी कार्यकालमा महासंघको कार्यकारिणीमा रहेर निजी क्षेत्रका समस्या, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक नीतिसम्बन्धी सुझावमा भूमिका निर्वाह गर्नेछन् । व्यवसायिक वृत्तमा निर्वाचनलाई महासंघभित्र नयाँ नेतृत्व र सन्तुलित प्रतिनिधित्वको रूपमा हेरिएको छ ।

























