कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धार प्रक्रिया सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १०:१४

काठमाडौं । कम्बोडियामा अलपत्र परेका र स्वदेश फर्कन चाहने ६३ जना नेपालीकाे उद्धार प्रक्रिया सुरु भएकाे छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरुका लागि एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) तयार पारेको छ ।

दूतावासको पहलमा सोमबार बेलुकासम्म अनलाइन फाराम भर्ने व्यक्तिहरूको विवरण प्रमाणीकरण गरी उक्त डकुमेन्ट जारी गरिएको हो । दूतावासका अनुसार बुधबार बेलुकासम्म फाराम भरेका अन्य व्यक्तिहरूको डकुमेन्ट समेत भोलि (बिहीबार) सम्ममा पठाइनेछ । कम्बोडियामा अझै केही नेपालीहरू अलपत्र रहेको हुनसक्ने अनुमान गर्दै दूतावासले फाराम भर्न बाँकी रहेकाहरूलाई उपलब्ध अनलाइन लिङ्कमार्फत तत्काल आफ्नो विवरण बुझाउन पुनः आग्रह गरेको छ ।

Advertisement

यसअघि पनि दूतावासले चैत ३० र वैशाख १ गते बिनाभिसा अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.