विराटनगरमा महाकाव्यकार अभय र कवि पोखरेल सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १९:४८

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरले दुई स्रष्टालाई ‘कवि टेकनाथ–शिवाकुमारी अधिकारी स्मृति साहित्य संस्कृति पुरस्कार’ बाट सम्मानित गरेको छ ।

महाकाव्यकार सोमराज अभय र कवि प्रल्हाद पोखरेललाई जनही १५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।

Advertisement

प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल र पुरस्कारका संस्थापक अधिकारी परिवारले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए । डिल्लीराम, भवानी र गोकुल अधिकारीले आफ्ना मातापिताको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यो पुरस्कार सुरु गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्राडा भण्डारीले पण्डित टेकनाथ अधिकारीको प्राज्ञिक योगदानको चर्चा गर्दै योग्य स्रष्टालाई सम्मान गर्दा पुरस्कारको गरिमा बढेको बताए । कार्यक्रममा प्राडा हरिहर भण्डारी, भेषराज पोखरेल, खेम नेपाली, मीनकुमार नवोदितलगायतले सम्मानित व्यक्तित्वहरूको साहित्यिक योगदानमाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.