
विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्य बुधबार पनि वृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ हजार ८ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रूपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ९६ हजार ८ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य १ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५ हजार ५५ रूपैयाँ थियो ।

























