
काठमाडौं । संघीय संसदको बजेट भाषण नयाँ भवनमा गर्ने तयारी भएको छ । संसदकाे बजेट अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गरिएको छ ।
संसद सचिवालयले अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार नयाँ संसदबाट बजेट भाषणको कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
नयाँ संसद भवन निर्माण सम्पन्न नभइसकेको भएपनि निर्माण पक्षले जेठ १५ सम्म प्रतिनिधि सभाको सभा कक्ष उपलब्ध गराउन सकिने गरी काम भइरहेको जनाएको प्रवक्ता गिरीले जानकारी दिए।
यसअघि संसदको पहिलो बैठकले अस्थायी रुपमा बहुउद्देश्यीय भवनमा गरिएको थियो ।
सिट व्यवस्थापन चुनौतीपूर्ण नरहेको र फ्लोरिङको काम सकिनेबित्तिकै आन्तरिक व्यवस्थापन मिलाइने सचिवालयले जनाएको छ ।



















