सुनको मूल्य तीन लाखनजिक, चाँदीको पनि बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १०:५१

विराटनगर । नेपालीमा बजारमा सुनको मूल्य वृद्धि भएर आज (शुक्रबार) तीन लाखनजिक पुगेको छ । चाँदीको पनि मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन तोलाको २ लाख ९९ हजार ९ सय रूपैयाँ पुगेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय २० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार २ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य तोलाको ५ हजार १ सय ५५ रूपैयाँले थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.