कम तौलको तेल बेच्ने उद्योग सञ्चालक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार ११:२७
१५ किलोभन्दा बढी अफिमसहित दुई महिला पक्राउ

काठमाडौं । कम परिमाणको सूर्यमुखी तेल प्याकेजिङ गरी बिक्री गरेको आरोपमा प्रहरीले ओमकार आयल इन्डस्ट्रिज प्रा.लिका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादन गर्ने उद्योगसँग आबद्ध छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित उद्योगमा उत्पादन भएको तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर बजारमा पठाइएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

Advertisement

अनुसन्धानका क्रममा बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेका तेलका प्याकेटमा उल्लेख गरिएको परिमाणभन्दा कम तौल भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले उद्योगबाट ९०५ कार्टुन सूर्यमुखी तेल पनि बरामद गरेको छ ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए । उपभोक्तालाई ठगी हुने गरी कम परिमाणमा खाद्यवस्तु बिक्री गरिएको आरोपमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.