काठ विवादमा हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार १५:४०

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि एक जनाको ज्यान गएको छ ।

शनिबार दिउँसो करिब १२ः४५ बजे रामजानकी सामुदायिक वन क्षेत्रमा भएको झगडामा ५५ वर्षीय भोला यादवको हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार सोही स्थानका ४० वर्षीय ईश्वर हरिजनले काठ लिने विषयमा विवाद हुँदा यादवमाथि बञ्चरो प्रहार गरेका थिए ।

Advertisement

बञ्चरो प्रहारबाट यादवको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ । वन क्षेत्रभित्र काठ संकलन गर्ने विषयमा सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा यो घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनापछि आरोपी हरिजन फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्न खोजी तीव्र बनाएको छ । घटनाको वास्तविक कारण, विवादको पृष्ठभूमि र संलग्न अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.