
काठमाडौं। साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार २६० रुपैयाँ तोकिएको छ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ रुपैयाँमा किनबेच भइरहेको छ। आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ४४ रुपैयाँ कायम गरिएको छ।

























