
काठमाडौं । नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास लगायत खाद्य सामग्रीमा अष्ट्रेलियाले रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका सामग्रीमा किरा भेटिएको र कागजातहरू शंकास्पद रहेकाे भन्दै अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ)ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ ।
नेपालमा अष्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो ।

























