मधेश सरकारका साझेदारबीच सहमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १७:५६

जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहभागी चार दलले वर्तमान सरकारलाई निरन्तरता दिने सहमति गरेका छन् । आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय गरेको हो । जनमत पार्टीका बहुमत सांसदले विश्वासको मत फिर्ता लिएपछि बसेको चार दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

सहमति पत्रमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन् ।

Advertisement

सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ । सत्तापक्षीय दलले विपक्षी दलसँग पनि विश्वासको मत माग्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.