सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १०:४८

विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार तोलाको २ लाख ९८ हजार ९ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ४० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ३ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य आइतबार तोलाको ५ हजार ३ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.