
काठमाडौं । निर्माण व्यवसायी (ठेकेदार) रमेश शर्मा र पीताम्बर बडू पक्राउ परेका छन् । ठेक्काको काम समयमै सम्पन्न नगरेको आरोपमा सहरी विकास मन्त्रालयको आग्रहपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडूलाई काठमाडौंको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार मन्त्रालयको पत्रका आधारमा दुवैलाई नियन्त्रणमा लिइएको हो ।

























