रास्वपाका सांसदले लुकाए सम्पत्ति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०८:१८

काठमाडौं । सार्वजनिक पद सम्हाल्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी प्रतिबद्धता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो वाचा कार्यान्वयनमा ढिलाइ गरेका छन् । अर्थात्, वाचाविपरीत गएर उनीहरुले सम्पत्ति विवरण लुकाइरहेका हुन् ।

प्रतिनिधिसभामा १८२ जना सांसद रहेको रास्वपामध्ये हालसम्म सीमित संख्याले मात्र सम्पत्ति विवरण बुझाएका छन् । संघीय संसद् सचिवालयका अनुसार हालसम्म ५८ जना सांसदले मात्र आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

Advertisement

बाँकी सांसदहरूले भने निर्धारित समयभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण अझै लुकाइरहेका छन् । संसद् सचिवालयले सांसदहरूलाई जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

रास्वपाले निर्वाचनअघि सार्वजनिक गरेको १०० बुँदे वाचापत्रमा पद सम्हाल्नुअघि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने स्पष्ट प्रतिबद्धता जनाएको थियो । साथै, कार्यकालअघि र पछिको सम्पत्ति अवस्थाको स्वतन्त्र लेखापरीक्षणमार्फत सार्वजनिक गर्ने दाबी पनि गरिएको थियो ।

तर, व्यवहारमा सांसदहरूबाट प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन भएको छैन । कानुनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था भए पनि तोकिएको समय सीमाभित्र सबै सांसदले विवरण बुझाएका छैनन् ।

सम्पत्ति विवरण लुकाएर बसिरहेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आफू र परिवारको सम्पत्तिको स्रोत खुलाएर विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

यसबीच अन्य राजनीतिक दलका सांसदहरूको पनि सम्पत्ति विवरण बुझाउने प्रक्रिया जारी रहेको संसद् सचिवालयले जनाएको छ । वाचा र कार्यान्वयनबीचको अन्तरले रास्वपामाथि भने प्रश्न उठ्न थालेको छ ।

स्रोत खुलाउन नसक्ने भएका कारण सांसदहरुले सम्पत्ति सार्वजनिक नगरिकन लुकाइरहेको टिप्पणी कतिपयको छ । रास्वपाका अधिकांश सांसदहरुले सम्पत्ति विवरण पनि बुझाएका छैनन्, न त सार्वजनिक नै गरेका छन् ।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.