कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १७:५८

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन्।

बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र यसमा नेतृत्व तहका नेताहरू नै जिम्मेवार रहेको बताएका हुन्।

Advertisement

सम्बोधनका क्रममा नेता बस्नेतले सभापति गगन थापाले पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरीत कब्जा जमाउन खोजेको दाबी गरे। उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने र समितिको निर्णयका आधारमा मात्र अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेका छन्।

आगामी १५ औँ महाधिवेशनका लागि घोषणा गरिएका अलग–अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने उनको माग छ।

नेता बस्नेतले आफू गगन थापाको सुरुदेखि नै विरोधी रहेको उल्लेख गर्दै गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए। उनले शेरबहादुर देउवा, डा. शेखर कोइराला र अन्य समूहहरूलाई मिलाएर साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने सर्त राखेका छन्।

नेतृत्वले सुध्रिने प्रयास नगरे नयाँ नेतृत्व अगाडि आउने र आफ्नो समूहलाई ७७ वटै जिल्ला तथा भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने उनले घोषणा गरे।

तपाइको प्रतिक्रिया
नीति तथा कार्यक्रम लक्ष्यहीन भएको राष्ट्रिय सभा सांसदहरूको टिप्पणी
विद्युत् प्राधिकरणमा २ सदस्य नियुक्त
प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध माइतीघरमा प्रदर्शन
कांग्रेसमा पार्टी नेतृत्वप्रति आपत्ति, ‘फरक बाटो’ तय गर्ने चेतावनी
सांसद खरेलको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति
संसद्‌मा विपक्षीको अवरोध: प्रधानमन्त्रीको उपस्थिति र असंसदीय शब्दमा बहस
५ हजारभन्दा बढी सार्वजनिक पदधारीले बुझाएनन् सम्पत्ति विवरण
विराटनगरमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ
कोशी अस्पतालमा छड्के: १३७ कर्मचारी अनुपस्थित
एभरेष्ट कलेजमा जेठ ४ गते कक्षा ११ को प्रवेश परीक्षा हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.