ई–बिडिङ ठगी प्रकरण : विक्रम पाण्डेलाई धरौटीमा छाड्ने आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १९:१०

काठमाडौं । ई–बिडिङ ठगी प्रकरणमा राप्रपा नेता विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएकोमा १० जना फरार थिए । पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश भएको हो ।

Advertisement

पाण्डेसँग अदालतले ४ लाख रुपैयाँ धरौटी माग्ने आदेश जारी गरेको छ । मुद्दा चलाइएका मध्ये प्रकाश ढुंगानासँग १० लाख रुपैयाँ, सञ्जय भट्टसँग १० लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ ।

जीवनकुमार दाससँग ५ लाख, अमृत बोहरासँग ४ लाख, सागर कटुवाटसँग ५ लाख, अनिल श्रेष्ठसँग ४ लाख र भाष्करराज अर्यालसँग १० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ । जीवनकुमार दाससँग ५ लाख, अमृत बोहरासँग ४ लाख, सागर कटुवाटसँग ५ लाख, अनिल श्रेष्ठसँग ४ लाख र भाष्करराज अर्यालसँग १० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

मुद्दा चलाइएका मध्ये सरकारी कर्मचारी नासु दिवाकर देउजालाई भने पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.