
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीन वटा मन्त्रालयहरू आफैसँग राखेका छन् । रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले आफैसँग राखेका हुन् ।
सरकारले मन्त्रालयको संख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ वटा कायम गरेको थियो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गरेपछि मन्त्रालयकाे नाम हेरफेरका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकाे थियाे । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रकाे नाम हेरेफेर गरेका थिए ।




















