सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार २२:३१

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गरेको हो ।

Advertisement

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले वैशाख ९ मा राजीनामा बुझाएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.